म्याग्दीखोला जलविद्युत् आयोजनामा पाँच कम्पनीले आठ अर्ब लगानी गर्ने

धवलागिरि गाउँपालिका–४ भएर बग्ने म्याग्दी नदीमा निर्माण हुन लागेको म्याग्दीखोला जलविद्युत् आयोजनाका लागि लगानी जुटेको छ । हाइड्रो भिलेज प्रालिले बनाउन लागेको ५७।३ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा पाँच कम्पनीले करिब आठ अर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका हुन् । धवलागिरि गाउँपालिकाको जेल्तुङमा विद्युत्गृह र दोभानमा बाँध रहने आयोजनाले ६२६.५० मिटर हेड र म्याग्दी खोलाको…