नेपाल आयल निगमले जनसाधारणको हितलाई ध्यानमा राखी पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भइरहेको भए पनि तत्कालका लागि पेट्रोलियम पदार्थको साबिकको मूल्यलाई यथावत् कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । यसअघि निगमले स्वचालित मूल्य प्रणालीका आधारमा १५-१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो…