प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानिसबाट मानिसमाथि हुने विभेदका सम्पूर्ण स्वरूपको अनिवार्य अन्त्य हुनुपर्ने बताएका छन्। ५९औँ जातीय विभेद उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विभेद अन्त्य नहुँदासम्म परिवर्तनका उपलब्धि रक्षा हुन नसक्ने बताएका हुन्। ‘संविधानमा दलित समुदायका मौलिक हकलगायत व्यवस्था सुनिश्चित गरिए पनि दलित समुदायमाथि गरिने छुवाछूत–भेदभावमा अपेक्षित कमी आउन…