वीरगञ्ज । बैंकिङ कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा खटिएको फैसला कार्यान्वयन टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–८ क्षेत्रमा लुकीछिपी बस्दै आएका ४७ वर्षीय राजेश कुमार गुप्तालाई नियन्त्रणमा लिएको हो। पर्सा जिल्ला अदालतको फैसला अनुसार गुप्तालाई १२ दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकिएको थियो। उनी साविक सबैठवा…