२१६ मेगावाटको माथिल्लो त्रिशूली एकमा नौ संस्थाले ५१ अर्ब लगानी गर्ने

नेपालको ऊर्जा क्षेत्रमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रिएको छ । कोरियाली र नेपालीसमेत सहलगानीमा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली एक जलविद्युत् आयोजनामा नौ दातृ निकायले ४५ करोड ३२ लाख अमेरिकी डलर (नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको अमेरिकी डलरको मूल्य बराबर करीब ५१ अर्ब २१ करोड) लगानी गर्ने सम्झौता गरेका हुन्…