इरानले युरोपमा ग्यास निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको जनाएको छ । यूक्रेनमा रूस र यूक्रेनबीच भएको युद्धका कारण ऊर्जाको मूल्य वृद्धि भएको पृष्ठभूमिमा आइतबार तेल मन्त्रालयका एक अधिकारीले ग्यास निर्यात गर्ने सम्भावनाबारे छलफल भइरहेको जनाए । इरानकोे राज्य सञ्चालित समाचार संस्था शानाले मन्त्रालयका इन्धनमामिला उप–मन्त्री माजिद चेगेनीलाई उद्धृत गर्दै भनेका छ, “इरानले यो विषयमा अध्ययन…