महालक्ष्मी विकास बैंकको बाँसगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बाँसगढी नगरपाीलकालाई ट्री गार्ड सहयोग गरेको छ । बैंकले बर्दियास्थित महेन्द्र राजमार्गमा रहेका बोट बिरुवाको संरक्षण गर्न भन्दै १० थान ट्री गार्ड सहयोग गरेको जानकारी गराएको छ । आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैंकले जनाएको छ…