सर्वोत्तम सिमेन्टले बुक विल्डिङ प्रणालीबाट महंगो प्रिमियम मूल्यमा प्राथमिक शेयर निष्काशन गर्नका लागि नियामक निकायदेखि बजार सम्बद्ध व्यक्तिहरुलाई प्रभावमा पारेको घटनाक्रमले देखाएको छ । नोटबजारलाई प्राप्त तथ्य केलाउँदा बुकविल्डिङ्बाट शेयर खरिद गर्न योग्य संस्थागत लगानीकर्ताहरुलाई समेत प्रभावमा पारेको भेटिएको हो । यसका साथै सर्वोत्तमले विभिन्न प्राइभेट कम्पनीका माध्यमबाट अन्य क्षेत्रका प्रभावशाली व्यक्तिहरुलाई समेत प्रभावमा पार्ने…