बन्दीपुरको पर्यटन प्रर्वद्धनका लागि बन्दीपुर इन काठमाडौँ सम्पन्न

काठमाडौँ । तनहुँको ऐतिहासिक एवं सांस्कृतिक गन्तव्य ‘पहाडकी रानी’ बन्दीपुरलाई पर्यटनको केन्द्रबिन्दु बनाउन “बन्दीपुर इन काठमाडौं” कार्यक्रम सम्पन्न गरिएको छ। बन्दीपुर भ्रमण वर्ष–२०२५ अन्तर्गत आयोजित विशेष कार्यक्रमको उद्घाटन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गरे। क्षेत्रीय होटल संघ तनहुँ, बन्दीपुर बजार इकाइको आयोजना, बन्दीपुर गाउँपालिकाको संरक्षण र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सम्पन्न कार्यक्रममा पर्यटन…