काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत शिक्षा, स्वास्थ्य, मानवीय हित, वित्तीय साक्षरता लगायत अन्य विभिन्न जनसरोकारका क्षेत्रहरूमा निरन्तर योगदान पुराउँदै आएको छ। यसै सिलसिलामा समाजका लक्षित वर्गलाई प्रत्यक्ष लाभान्वित गराउने उद्देश्यका साथ बैंकले देशका सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाहरूका लागि स्वास्थ्य शिविर र पौष्टिक खाना वितरण गर्ने कार्य सम्पन्न गरेको…