विश्व वातावरण दिवसमा वर्ल्डलिङ्कद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत मञ्जुश्री पार्क परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूको प्राविधिक सहयोग, जलविनायक सामुदायिक वन उपभोक्ता समूह तथा प्रगतिशील युवा समूहको सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय समुदाय, युवा, विद्यार्थी, सामुदायिक वनका प्रतिनिधि तथा वर्ल्डलिङ्कका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।…