एभरेष्ट बैंकको दुई अर्बको ऋणपत्र बिक्रीमा, ब्याजदर वार्षिक ८.५० प्रतिशत

एभरेष्ट बैंकले माघ ३ गतेदेखि दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । प्रतिइकाई एक हजार रुपैयाँ अंकित दर रहेका ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ नामका कुल २० लाख इकाई ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकले बिक्री गर्ने ८ वर्ष अवधि रहेको उक्त ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८.५० प्रतिशत ब्याजदर पाउनेछन्…