आइस्पान अध्यक्ष भन्छन् – सञ्चारमन्त्रीको आश्वासन अनुसार बक्यौता भुक्तानी भए इन्टरनेट काटिँदैन

इन्टरनेट सेवाप्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) का अध्यक्ष सुधीर पराजुलीले भारतीय कम्पनीहरुलाई तिर्नु पर्ने बक्यौता भुक्तानीका लागि सरकारले सहजीकरण गर्ने आश्वासन दिएको बताएका छन् । सोमबार साँझ सञ्चार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग संघका दपाधिकारीले भेटेर समस्याका सम्बन्धमा अवगत गराएसँगै सञ्चारमन्त्री कार्कीले बक्यौता भुक्तानीमा सरकारले सहजीकरण गर्ने आश्वासन दिएको पराजुलीले…