मुलुकको पद्धति र प्रणालीगत सुधार नभएसम्म नागरिकले सोचेको जस्तो विकास हुन नसक्ने काठमाडौँमा आयोजित एक कार्यक्रममा औँल्याइएको छ। अर्थविज्ञ डा स्वर्णिम वाग्लेको 'अतृप्त अवसर' पुस्तक विमोचन तथा समसामयिक अर्थ राजनीतिक विमर्शमा सहभागी समाजशास्त्री, अर्थविज्ञ तथा राजनीतिज्ञले उक्त कुरामा जोड दिएका हुन। राष्ट्रिय योजना आयोगका पूर्वसदस्य समाजशास्त्री उषा झाले नेपालमा सबै कुरा ठीक भए पनि ‘प्रणाली’…