ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी गर्न आह्वान गरेकी छिन् । उनले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर आर्थिक लाभ लिन विश्व समुदायलाई आग्रह गरेकी छिन् । युनाइटेड अरब इमिरेट्सको अबुधावीमा भइरहेको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था ९आइरिना० को १२औँ सम्मेलनलाई भुर्चुअल सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन…