जापानी अर्बपति युसाकु माइजावा अन्तरिक्षमा पुग्ने अर्बपतिहरूको सूचीमा सामेल भएका छन् । सन् २०२३ मा चन्द्रमामा पुग्ने सपना सजाएका उनी अहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) को यात्रामा छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सम्म पुग्नको लागि माइजावा बोकेको रूसी रकेट कजाकिस्तानको बायकोनुर कस्मोड्रोमबाट उडेको थियो । आईएसएसको बसाइ १२ दिनको हुनेछ । उक्त समयमा उनले…