कोकाकोला उत्पादक बोटलर्स नेपाल विरुद्ध अर्बौं कर छलीको मुद्धा दर्ता गर्दै राजश्व अनुसन्धान विभाग

राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी कोका-कोलाकाको नेपालस्थित उत्पादक बोटलर्स नेपाल बालाजुलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मुद्धा दर्ताको तयारी गरेको छ । लामो समय लगाएर कम्पनीका सम्बन्धमा गरिएको अनुसन्धान पछि मुद्धा दर्ताको तयारी गरिएको विभागले जनाएको छ । अनुसन्धानका क्रममा बोटलर्स नेपाल बालाजुले ठूलो रकमको कर तथा राजश्व छली गरेको भेटिएको विभागका महानिर्देशक प्रकाश पौडेलले…