वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा पानीले भिजेको एक अर्ब बराबरको मल अलपत्र

रासायनिक मल सहजरूपमा नपाएर किसान पिरोलिएका बेला पर्साको वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा भने एक अर्ब बराबरको करिब डेढ लाख बोरा मल नष्ट गर्ने ठाउँ नपाएर छयालब्याल अवस्थामा छ । साल्ट ट्रेडिङ लिमिटेड र कृषि सामग्री संस्थानले दुई वर्षअघि बोलपत्रका माध्यमद्वारा झिकाएको मल भारतको कोलकाता बन्दरगाहमा थन्किएको छ । जहाजबाट मल झार्ने र अर्को सवारी साधनमा चढाउने…