नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल अर्थतन्त्रलाई पुनःरुत्थान गरी उच्चदरको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको भन्दै प्रतिस्थापन विधेयकको स्वागत गरेको छ । महासङ्घले मंगलबार बजेटका सम्बन्धमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै निजी क्षेत्रलाई आर्थिक विकासको सम्बाहकका रूपमा परिभाषित गर्दै अनुकूल व्यावसायिक वातावरण सिर्जना गरिने कुराले निजी क्षेत्र उत्साहित…