नेपालका बैंक तथा वित्तीय संस्थाहरु तरलता अभावको अवस्थाबाट गुज्रिरहेका बेला महिना दिन नपुग्दै ४६ अर्ब निक्षेप घट्दा झन समस्यामा परेका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कर्जा पुँजी निक्षेप 'सिसिडी' अनुपात हटाएर कर्जा निक्षेप 'सिडी' अनुपात कार्यान्वयनमा ल्याएसँगै बैंकहरु कर्जा विस्तारमा आक्रमक बन्दा तरलता अभाव गहिरिदैँ गएको हो। राष्ट्र बैंकले अर्थतन्त्रमा…