बागमती प्रदेशमा परिसंघको कार्यालय स्थापना बागमती प्रदेशमा 'बागमती प्रदेश उद्योग परिसंघ' स्थापना भएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बागमती प्रदेशको राजधानी हेटौँडामा शुक्रबार प्रदेश कार्यालयको उद्घाटन गरे । प्रदेश उद्योग परिसंघ स्थापनाको अवसरमा परिसंघका अध्यक्ष अग्रवालले साना तथा मझौला उद्योगलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिए। उहाँले औद्योगिक विकास विना अर्थतन्त्रको दीगो विकास…