भुक्तानी गर्न बाँकी पोलको भाडा कात्तिक मसान्तभित्र स्व:घोषणा गर्न प्राधिकरणको आग्रह

नेपाल विद्युत प्राधिकरणले विद्युतको पोल प्रयोग गरिरहेका टेलिफोन, इन्टरनेट तथा केबल टिभी सेवा प्रदायक संस्थाहरुलाई पोल प्रयोगको स्थान, परिमाण र अवधि घोषणा गरी सम्झौता गर्न आग्रह गरेको छ । प्राधिकरणले कात्तिक मसान्तभित्र आफुले सेवा सञ्चालनका लागि पोल प्रयोग गरेको स्थान, प्रयोग परिणाम सहित सम्झौता गर्न तथा पोलको भाडा भुक्तानी गर्न बाँकी अवधिको स्व:घोषणा गर्न भनेको छ…