कर्जाको ब्याजदर आगामी दिनमा झनै सस्तो हुन्छ : गभर्नर दास

रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले आगामी दिनमा पनि ब्याजदरमा कटौति गर्ने संकेत गरेको छ । आरबीआईले अहिलेको अवस्था अनुसार लिनुपर्ने कदमहरुमा ब्याजदर कटौति होस् वा अन्य नीतिगत व्यवस्था अझै बाँकी रहेको गभर्नर शक्तिकान्त दासले बताएका हुन् । कोरोनाका कारण अस्तव्यस्त अर्थतन्त्रलाई बचाउनका लागि अबलम्बन गरेका उपायहरुलाई तत्काल नहटाइने समेत आरबीआईका गभर्नर दासको भनाई छ…