खरीद बिक्री खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म कायम

आन्तरिक राजस्व विभागले व्यवसायीको सहजताको लागि खरीद बिक्री खाता प्रमाणीकरणको म्याद आगामी पुस मसान्तसम्म थप गरेको छ । हाल विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिलाई दृष्टिगत गरी आर्थिक वर्ष २०७७/०७८ का लागि मासिक र द्विमासिक र चौमासिक कर विवरण वुझाउने करदाताको खाता प्रमाणित गर्ने म्याद २०७७ पुस मसान्तसम्म कायम गरिएको विभागले जनाएको…