माथिल्लो तामाकोशीको सबस्टेशन निर्माणमा डेढ वर्ष ढिलाइ हुँदा १५ अर्ब आम्दानी गुम्यो

बहुचर्चित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली जोड्ने सबस्टेशन निर्माणमा ढिलाइ भएको छ । आयोजनाको लट–४ अन्तर्गतको भारतीय कम्पनी केईसी इन्टरनेशनल लिमिटेडको जिम्मामा दिएको भएता पनि काम गर्न ढिला भएकाले माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न आवश्यक सबस्टेशन निर्माणमा ढिलाइ भएको छ । आयोजनाको हालसम्मको प्रगति गत वर्षदेखि करिब ९९ प्रतिशत भएको जनाएको छ…