नेपालले चेम्बर अफ कमर्शले आगामी मौद्रिक नीति मार्फत स्प्रेडदर ३.५ प्रतिशतमा कायम गर्न राष्ट्र बैंकलाई सुझाब दिएको छ । चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा नेपाल राष्ट्र बैंक गएको प्रतिनिधि मण्डलले गर्भनर चिरञ्जीवी नेपाललाई भेटेर आगामी आर्थिक वर्षको बजेटमा निर्देशित ८ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धि दरको लागि विस्तारित मौद्रिक नीति ल्याउनु पर्ने…