फ्रान्सबाट फर्किएकी कोरोना भाइरस (कोभिड -१९) बाट संक्रमित १९ वर्षीया नेपाली युवती निको भएर डिस्चार्ज भएकी छन्। ती युवतीलाई कोरोनाको संक्रमण भएको पुष्टि गत सोमबार गरिएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारार्थ रहेकी उनी पूर्ण रुपमा निको भएर बिहीबार बिहान ११ बजेर ४२ मिनेटमा डिस्चार्ज भएकी हुन्। गत चैत ४ गते फ्रान्सबाट…