प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसदहरुले धितोपत्र बजार बन्द गर्नुपर्ने देखि विस्तार गर्नुपर्ने धारणा राखेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभामा दफावार छलफलका लागि पेश गरेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विद्ययेक २०७६ माथिको छलफलमा भाग लिदै सांसदहरुले यस्तो बताएका हुन् । छलफलमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पूँजी बजारको सही परिचालनले देशको विकास गर्न…