पूर्वाधार विकास तथा समृद्ध नेपालका लागि सार्वजनिक खरीद ऐन संशोधन

नेपाल निर्माण व्यवसायी महासङ्घले पूर्वाधार विकास तथा समृद्ध नेपालका लागि सार्वजनिक खरीद ऐन एवं नियमावलीमा भएका त्रुटी संशोधन गर्नुपर्नेमा जोड दिएको छ । त्रुटी सच्याउन सरकार सकारात्मक भएको पाइएको महासङ्घका अध्यक्ष रवि सिंहले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग संशोधनका विषयमा तीनपटक वार्ता भइसकेको पनि उनले सुनाए…