आर्थिक वर्ष सकिन एक महिना रहँदा बजेट खर्च साढे ६५ प्रतिशत, संशोधित लक्ष्य पनि पूरा नहुने संकेत

चालु आर्थिक वर्ष २०७९/८० को एघार महिना पूरा हुँदा सरकारको कुल बजेट खर्च वार्षिक विनियोजित रकमको ६५.५६ प्रतिशत मात्र भएकोे छ । हालसम्म संशोधित अनुमानको ७८.१४ प्रतिशत मात्र बजेट खर्च भएको छ ।  महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार २०८० जेठ ३२ गते विहीबारसम्म ११ खर्ब ७६ अर्ब ६ करोड ५७ लाख रुपैयाँ बराबर बजेट खर्च भएको…