अमेरिकाका बैंक डुब्दा सुनको भाउ आकाशियो, नेपालमा तोलाकै १ लाख १५ हजार पुग्ने अनुमान

दुई महिना यता अमेरिकाका तीन ठूला बैंक डुब्दा नेपाली बजारमा सुनको भाउ आकाशिएको छ । अमेरिकाका बैंक डुब्दा सुनमा लगानी बढेकाले अन्तराष्ट्रिय बजारमा सुनको भाउमा वृद्धि भएको हो । त्यसको असर नेपाल बजारमा पनि परेको छ । सुनको भाउले विहीबार नयाँ रेकर्ड बनाएको छ । सुनको भाउ विहीबार १ लाख ११ हजार ८ सय रुपैयाँ…