सरकारले निजी क्षेत्रलाई निचोरेर कर उठाउने काम गरेको छ : उमेशलाल श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवारका आकाक्षी उमेशलाल श्रेष्ठले सरकारले निजीक्षेत्रको सम्मान नगरेसम्म देश आर्थिक रुपमा सबल हुन नसक्ने बताए । 'अहिले तीन वटै तहको सरकार चलाउन निजी क्षेत्रको ठूलो सहयोग छ तर निजी क्षेत्रलाई कुनै सम्मान गरिँदैन,’ सुदूर पश्चिम प्रदेश उद्योग वाणिज्य महासंघको छैठौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार…