नेपाल धितोपत्र बोर्डले कर्मचारीका लागि छुट्याइएको सेयर बाँडफाँडमा हुने अनियमितता अध्ययन गर्न समिति गठन गरेको छ । पछिल्लो समयमा केही कम्पनीहरुले कर्मचारीको सेयरमा संस्थाका उच्च अधिकारीहरुले मनमौजी गरेको उजुरी आएपछि बोर्डले समिति गठन गरेर दीर्घकालिन समाधान खोज्न लागेको हो । कर्मचारीलाई सेयर दिने व्यवस्था अनुसार सबै कम्पनीले साधारण सेयर निष्कासन गर्दा कर्मचारीलाई पनि दिँदै आएका…