पछिल्लो समय व्यक्तिगत रुपमा नै वैदेशिक रोजगारीमा जाने कामदारको संख्या बढ्न थालेको छ । विगत पाँच बर्षको अवधिमा करिब ६० हजार नेपालीले व्यक्तिगत श्रम स्वीकृति लिएर विदेशिएका छन् । यसरी जाने कामदारमध्ये अधिकांश युरोपियन मुलुक गएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ अनुसार आर्थिक बर्ष २०७४/७५…