कार्डबाट पैसा तिर्दा १० प्रतिशत भ्याट छुट, मेसिनमार्फत कारोबार गर्दा अतिरिक्त शुल्क लिन नपाइने

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा डिजिटल भुक्तानीलाई अभिवृद्धि गर्दै नगद कारोबारलाई घटाउँदै लैजाने नीति लिएको छ । भुक्तानी प्रणालीको आधुनिकीकरणका लागि पूर्वाधारहरुको विकास गर्दै सबै आर्थिक कारोबार विद्युतीय माध्यमबाट गर्न प्रोत्साहन गरिने मौद्रिक नीतिमा उल्लेख छ ।   मौद्रिक नीतिमा प्वाइन्ट अफ् सेल अर्थात पीओएस मेसिनमार्फत कारोबार गर्दा ग्राहकसँग अतिरिक्त…