देशको कुल नागरिकको १५ प्रतिशत नागरिक स्वास्थ्य बीमाको दायराभित्र सामेल भएका छन् । सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा भदौ २० गतेसम्म कुल जनसंख्याको १४.९६ प्रतिशत नागरिक समेटिएका हुन् । नागरिकको स्वास्थ्य उपचारसम्बन्धी अधिकारलाई बीमा मार्फत सुनिश्चित गर्नका लागि आर्थिक वर्ष २०७१/७२ को बजेटमार्फत घोषणा गरेको स्वास्थ्य बीमा कार्यक्रम हाल ७५ जिल्लामा विस्तार भैसकेको छ…