अभिकर्ता लाइसेन्स सम्बन्धीको काम कम्प्युटीकृत गर्दै बीमा समिति

बीमा समितिले अभिकर्ताको लाइसेन्स वितरणको कामलाई झन्झटमुक्त बनाउने भएको छ । बीमा अभिकर्ताको लाइसेन्स सम्बन्धीको सबै काम कम्प्युटरबाट गर्ने गरि समितिले काम अघि बढाएको हो । समितिले बैशाखदेखि अभिकर्ताको लाइसेन्स निमार्णको सबै काम कम्प्युटरबाट हुने गरि सफ्टवेयर निमार्ण गरिसकेको जनाएको छ । सो सफ्ट्वेयरमार्फत एजेन्सी कार्ड निमार्णको काम सबै कम्प्युटरबाट हुने समितिको भनाई छ ।…