बागलुङ नगरपालिका–४ पाखाथरकी ७१ वर्षीया हरिकला सापकोटालले निःशुल्क स्वास्थ्य बीमा दर्ता गराएको दुई वर्ष पुग्यो । सापकोटाले बीमा गराएपछि धौलागिरि अस्पताल बागलुङबाट नियमित ग्याष्ट्रिकको औषधि लिएर सेवन गर्दै आएकी छन् । उनले घरमै आएका दर्ता सहयोगीमार्फत निःशुल्क स्वास्थ्य बीमा गराएपछि निःशुल्करुपमा अस्पतालबाट सेवा लिइरहेको बताउछिन् । ज्येष्ठ नागरिकका लागि सरकारको निःशुल्क बीमाको नीतिले आफूजस्ता ज्येष्ठ…