ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर निष्काशनको मिति संशोधन भएको छ । जस अनुसार इन्स्योरेन्सको साधारण शेयर निष्काशन फागुन २१ गते शुक्रबारदेखि हुने भएको हो । इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यस अघि फागुन २३ गते आइतबारदेखि निष्काशन हुन लागेको इन्स्योरेन्सको साधारण शेयर २ दिन अगाडि सारेर शुक्रबारदेखि निष्काशन हुन लागेको हो…