ललितपुर जिल्लाका स्थानीय तहमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको ललितपुर जिल्लाका कोन्ज्योसोम गाउँपालिका, महांकाल गाउँपालिका र बागमती गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न भएका छन् । कोन्ज्योसोम गाउँपालिकामा आज असोज १२ गते आयोजित कार्यक्रममा प्रमुख अतिथि कोन्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेले बीमाको पहुँच वृद्धिका लागि आगामी बजेटमा बीमालाई समावेश गर्ने र सम्बद्ध सबैसँग सहकार्य गर्ने प्रतिवद्धता…