प्रभु महालक्ष्मी लाइफको सीईओमा प्रसाई

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।  कम्पनीका सीईओ रमेश कुमार भट्टराईले राजीनामा दिएर बाहिरिएपछि सञ्चालकसमितिको बैठकले रिक्त भएको पदमा प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको फागुन १८ गते शुक्रबार सम्पन्न भएको बैठकले प्रसाईलाई आगामी चार बर्षका लागि सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।…