नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणले जारी गरेका निर्देशिकाहरू पालना गर्नु बीमा कम्पनीहरूको कर्तव्य मात्र नभई दायित्व समेत भएको बताएका छन। नेपाल बीमा प्राधिकरणबाट यही भदौ १ गते शुक्रबार काठमाडौंमा आयोजित निर्जीवन बीमा कम्पनीहरूसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले भने, “प्राधिकरणले बीमा कम्पनीहरूका सुझाव, तथ्यांकहरूको विश्लेषण र अन्तर्राष्ट्यि अभ्यासहरू समेतका आधारमा देशको आवश्यकता…