बीमा कम्पनीहरुले सहज रुपमा दाबी भुक्तानी नगर्ने गरेको गुनासो गरेका छन् । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा आज नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको रामग्राम नगरपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले प्राधिकरण समक्ष यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा सहभागीहरूले कृषिबीमाको दाबी भुक्तानी दुई वर्षसम्म पनि नपाएको, कोरोना बीमाको दाबी भुक्तानी अझैसम्म नभएको, बीम…