धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले एक कप चिया नखाएर भए पनि जीवन तथा निर्जीवन बीमा गर्न आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयको आयोजनामा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा माघ १९ गते आयोजना गरिएको बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथि मिश्रले बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण हुने भएकाले…