कोरोना बीमाको भुक्तानी हुन नसकेको दाबी रकमका सम्बन्धमा सरकारले ठोस निर्णय नगर्ने संकेत गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानीको विषयमा छलफल भईरहेको तर कुनै निष्कर्षमा पुगि नसकेको बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री शर्माले विषय गम्भिर भएकाले अहिले नै भुक्तानीका विषयमा बोल्न नसक्ने बताए । ११ अर्ब रुपैयाँको…