बेलायती उद्योग तथा व्यवसायको आर्थिक वृद्धि दर ३ महिनासम्म शून्य रहने

बेलायती उद्योग तथा व्यवसायहरुको आगामी ३ महिनासम्मको आर्थिक वृद्धि दर शून्य हुने प्रक्षेपण गरिएको छ । बेलायतको मुद्रास्फीति दर ९.४ प्रतिशत रहेको छ । इन्धन तथा खाद्यान्नको मूल्य आकाशिँदा मूल्यवृद्धि ४० वर्ष यताकै उच्च हुन पुगेको छ । महंगी बढेसँगै उपभोक्ताहरु मारमा परेका छन् भने कच्चा पदार्थको मूल्य उच्च हुँदा उद्योग प्रभावित हुन पुगेका छन्…