व्याज तथा करको चटारो घटेसँगै सेयर बजारमा दोहोरो अंकको सुधार

मंगलबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आर्थिक वर्षको समाप्ति नजिकिँदै गर्दा कर तथा व्याज तिर्ने क्रम पनि अन्तिम अवस्थामा पुगेसँगै बजारमा सुधार देखिएको हो । सोमबार ७७.०१ अंकले घटेको बजार मंगलबार ११.६८ अंकले सुधारिएको हो । योसँगै बजार परिसुचक नेप्से १९२७.२८ अंकमा उक्लिएको छ । बजार खुलेदेखि तिब्र उतारचढावका बिच १९०९ अंकसम्म…