नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय सिवाकोटी र आचार्यद्धारा शपथ ग्रहण

नेपाल राष्ट्र बैंक सञ्चालक समितिका नवनियुक्त सदस्यद्वय चिन्तामणि सिवाकोटी र डा. शंकरप्रसाद आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । सर्वोच्च अदालतमा बिहीबार कायमकुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले शपथ ग्रहण गराएका हुन । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ…