नेपाल विद्युत प्राधिकरण र संसारभर हरित हाइड्रोजन लगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको उपस्थितिमा मंगलबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र इन्स्टिच्यूटका महानिर्देशक फ्रयाङ्क रिज्सवरम्यानले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन। दुई संस्थाले हरित ऊर्जामार्फत हाइड्रोजन, एमोनियाको उत्पादन र युरिया मल…