दोभानदेखि मेरिङदेन गाउँपालिकाको केन्द्र सम्मको सडक तीन वर्षभित्रै कालोपत्र गरिने

ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी तीन वर्षभित्र दोभान बजारदेखि गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्र गर्ने भएको छ । जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रुपमा रहेको दोभादेखि सान्थाक्रास्थित गाउँपालिकाको केन्द्रसम्म कालोपत्र गरी थप चार वर्षमा वडा नं ६ नाल्बूसम्मकै सडक कालोपत्र गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।बिहीबार गाउँपालिकाले आर्थिक वर्ष २०८०\८१ को वार्षिक बजेट र नीति तथा कार्यक्रम…