राजस्वका पूर्वमहानिर्देशक झलकराम अधिकारीविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। विभागमा विचाराधीन राजस्व चुहावट सम्बन्धी अनुसन्धानलाई मिलाइदिने भन्दै ७० लाख रुपैयाँ घुस लिएको अभियोगमा आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको हो। आयोगको अनुसन्धान अनुसार अधिकारीले एच.के. इन्टरप्राइजेज प्रा.लि. माथि भइरहेको राजस्व चुहावट सम्बन्धी छानबिनबाट जोगाइदिन र अन्य…